६ चैत्र २०८०, मंगलवार
Follow Us

प्रचण्ड एमालेमा गइसके, पार्टी हामी चलाउँछौं

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७४, शुक्रबार ०६:५३

गोपाल किराती, निष्कासित माओवादी नेता
माओवादी केन्द्रले आफ्ना तीन नेतालाई पार्टीबाट हटाएको छ । हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको हो । माओवादी बैठकले तीन नेता ‘पार्टीमा नरहेको’ सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो । माओवादीले एमालेसँग पार्टी एकता गर्ने सहमति गरेलगत्तै तीन नेताले एकताको विरोध गर्दै माओवादी केन्द्र पुनगर्ठनको घोषणा गर्नु भएको थियो । हामीले यसै विषयमा नेता गोपाल किराँतीसँग कुरा गरेका छौं ।

० तपाईंहरुलाई पार्टीले निकालेछ नि ?
– माओवाद र पहिचानविरोधी प्रचण्ड समूह भन्ने प्रमाणित भयो ।

० अब के गर्नुहुन्छ ?
– असोज १६ गतेदेखि नै माओवाद र पहिचान छाडेर एमालेसँग गरिने एकता बिलय हो । त्यो बिलयमा हामी नजाने, बरु माओवादी केन्द्र पुनर्गठन गर्ने हो । पुनर्गठनका लागि ढोका खुलेको छ । माओवादी केन्द्र पुनर्गठनको तयारीमा हामी लागिरहेका छौं । पुनर्गठन गरेर हामी अघि बढछौं ।

० तपाईंहरु नयाँ दल खडा गर्दै हुनुहुन्छ ?
– संगठन र समिति नयाँ हुने हो, पुष्पकमल दाहालहरु त्यसमा हुनुहुन्न । एमालृेृसँगको ७ बुँदे निर्णयअनुसार उहाँहरुले छोडेर जानुभयो । हामी यसलाई सञ्चालन गछौं । उहाँहरुले छोडेर जाने, हामीले सम्हाल्ने हो ।

० पुरानो पार्टी तपाईंहरुसँगै रह्यो ?
– क्रान्तिकारी विचारसहितको यो पुरानो पार्टी हो । प्रतिक्रान्तिसहितको नयाँ दक्षिणपन्थी पार्टीमा उहाँहरु जाँदै हुनुहुन्छ ।

० माओवादी केन्द्रले तपाईंहरु तीनजनालाई कारबाही गरेको भनेको छ, यसलाई कुन रुपमा लिनुहुन्छ ?
– लोकेन्द्र विष्टले ७ महिना अघि नै आफूलाई स्वतन्त्र घोषणा गर्नुभएको हो । लोकेन्द्र विष्टलाई कारबाही भन्ने हास्यस्पद हो, आहुतिजीले गत पुस महिनातिरै आफूलाई स्वतन्त्र घोषणा गर्नुभएको हो । उहाँले प्रचण्ड मेरो अध्यक्ष होइन भन्नुभयो । मैले चाहिँ पार्टीभित्र दुई लाइन संघर्षको माग गरेको थिएँ, अहिलेसम्म आशावादी भएर बसियो, तर पटक पटक अध्यक्ष प्रचण्डलाई भेट्न खोज्दा पनि उहाँले कहिले भेट दिनुभएन । मैले ४ गते मात्र जोगबहादुर महरालाई फोन गरेर अब छुटिनै पर्ने देखिन्छ, एकपटक भेटेर बिदा माग्नुप¥यो । गणतन्त्र नेपालसम्म प्रचण्डले राम्रै काम गर्नुभएको हो, त्यसको म सम्मान गर्छु, भेट्ने समय मिलाइदिनुस् भनेको अहिलेसम्म मिलाइएको छैन । कारबाही मलाई हो, लोकेन्द्र र आहुतिलाई होइन । उहाँहरुले पार्टी छोडिसक्नुभयो । स्पष्टिकरण लिनु थियो भने सुनवाईको मौका दिनुपथ्र्यो । त्यसकारण उहाँहरुको एकमना शैली र सामन्तवादी सोच जो छ, मैले उठाएको सैद्धान्तिक प्रश्नको जवाफ नभएको हुनाले निरंकुशशैली अपनाउनुभयो । म त्यसको विरोध गर्छु ।