१२ बैशाख २०८१, बुधबार
Follow Us

अमेरिकी राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७४, शुक्रबार १२:०३

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आज प्रधानमन्त्री ओलीलाई पठाउनुभएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको बताउनुभएको छ ।
अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै सन्देशमा राष्ट्रपति ट्रम्पले स्थिरता, सुशासन र दिगो आर्थिक विकासका लक्ष्य प्राप्तिमा सघाउन अमेरिका तयार रहेको बताउनुभएको छ ।