१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नयाँशक्तिको कार्यक्रममा आयोजक भन्दा प्रमुख अतिथि पहिला पुग्दा…

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७३, सोमबार १०:५६

लन्डन– बेलायतमा हुने अधिकांश कार्यक्रम समयमै सुरु हुँदैनन् । संघसंस्थाले आयोजना गर्ने त्यस्ता कार्यक्रममा समयको खासै ख्याल गरिँदैन । आयोजक आफैले दिएको समयमा कार्यक्रम सञ्चालन भएका बिरलै भेटिन्छन् ।
आयोजकले निमन्त्रणपत्रमा दिएको समयलाई अंग्रेजी समय भन्ने र कार्यक्रम सुरु हुने समयलाई नेपाली समय भन्ने गर्छन् । आमन्त्रण गरिएका अतिथिसमेत समयमा कार्यक्रम सुरु नहुँदा जिल्ल पर्ने गरेका छन् ।
सामान्यतया प्रमुख अतिथि ढिला आउँदा कार्यक्रम सुरु हुन ढिलाइ हुनुलाई सामान्य रुपमा लिने चलन छ ।
तर, आइतबार लन्डनमा आयोजना गरिएको कार्यक्रममा आयोजकभन्दा प्रमुख अतिथि पहिला पुगे । कार्यक्रम आयोजक कार्यक्रम स्थलमै पुगेका थिएनन् । बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरन प्रमुख अतिथि थिए–
बाढीपीडितको सहयोगार्थ आयोजित एकदिने योगा शिविरमा । कार्यक्रम बिहान १२ बजे नै सुरु हुने भएकाले व्यस्त समय छल्दै अरन फेल्थामस्थित कम्युनिटी कलेजमा पुगे । उनी त्यहाँ पुग्दा कार्यक्रम तयारीका लागि एक दुईजनाबाहेक मुख्य आयोजकको अत्तोपत्तो थिएन ।
उनी केहीबेर आफ्नै दूतावासका कर्मचारीसँग टहलिए ।

उनी करिब १ घन्टाभन्दा बढीको पर्खाइमा परे । नेपाली दूतावासका एक कर्मचारीले गुनासो गरे– आयोजकले बोलाएको समयमा नआइपुग्दा देशकै राजदूतको यस्तो चाला छ, आलोचना खानुपर्ने डर समयमै कार्यक्रममा स्थलमा पुग्दा आयोजकनै भेटिन्नन् । ढिलो गरी सुरु भएको योगगुरु विकासानन्दको योग शिविरमा कार्यवाहक राजदूत अरन सहभागी भए । अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको आयोजनामा भएको कार्यक्रममा योगगुरुले मानव जीवनलाई कसरी खुसी राख्ने भन्ने विषयमा प्रवचन तथा विभिन्न आसनमा योगा गर्न सिकाए ।

अन्तर्राष्ट्रिय नेपाली समाज यूकेका संयोजक भोला खनालले कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै समाजले समृद्ध नेपाल बनाउने परिकल्पना गर्दै बिवभिन्न परोपकारी काम गर्दै आएको बताए । कार्यक्रममा व्यवसायी पशुपति भण्डारी, कृष्ण भट्ट, कानुन व्यवसायी कमल कँडेल, नेपाली दूतावास लन्डनका एट्याची तेजेन्द्र रेग्मीलगायतको उपस्थिति थियो ।
रेडियो राइनोले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रमबाट संकलित रकम नेपालका बाढीपीडितलाई सहयोगार्थ खर्चिने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज यूके पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीको बेलायतस्थित भातृसंस्था हो ।

कार्यक्रममा योगका लागि सहभागिहरु
14111975_10153744538708639_1302957622_n
14111553_10153744537918639_407329292_n

14101624_10153744538878639_329021999_n

14088852_10153744538013639_1643023052_n

14054822_10153744538783639_416973688_n

1