१३ बैशाख २०८१, बिहीबार
Follow Us

विप्लव नेतृत्वको विद्यार्थी संगठनका महासचिव र काठमाडौं सचिव पक्राउ

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७४, शनिबार १३:१८

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीका दुर्इ जना नेता पक्राउ परेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पक्राउ पर्नेमा विद्यार्थी संगठनका केन्द्रीय महासचिव दिपेन्द्र चलौनी र काठमाडौं जिल्ला सचिव किशोर न्यौपाने परेका छन् । काठमाडौं प्रहरी परिसरले चलौनीलाई कमलपोखरी र न्यौपानेलाई कालिमाटीबाट पक्राउ गरेको हो । उनीहरुमाथि सार्वजनिक मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको हो।