६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन प्रतिनिधिमण्डल र प्रधानमन्त्री बीच भेट, टिपिएस नविकरणको पहल गर्न सकारात्मक

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७४, शनिबार १९:५४


होमप्रसाद लम्साल ।

अमेरिका, टिपिएस नविकरणका लागि पहल गर्न प्रधानमन्त्रि केपी शर्मा ओली सकारात्मक देखिएका छन । गैरआवासिय नेपाली संघको आईसिसि टोलीसंग भेट गर्ने क्रममा प्रधानमन्त्रि ओलीले नेपालीका लागि हुने कुनै पनि राम्रो कामका लागि आफु सकारात्मक रहेको र तत्काल पहल गर्ने आस्वासन दिनु भएको छ । प्रधानमन्त्रि ओलीलाई बधाई दिन तथा आफ्नो एजेण्डाहरुको जानकारी गराउन गएको आईसिसि टोलीले टिपिएसको बारेमा जानकारी गराएको थियो ।

आईसिसि अध्यक्ष भवन भट्ट र महासचिव बद्री केसीको नेतृत्वमा गएको डेलिगेसन टोलीमा गैरआवासिय नेपाली संघको अमेरिकाज् क्षेत्रका संयोजक गौरी जोशी र आईसिसि सल्लाहकार हरिबोल भण्डारीसहित आईसिसि सदस्यहरु रहेका थिए । भेटका क्रममा प्रधानमन्त्रिले आफ्नो नागरिकका लागि फाईदा हुने कुरामा तत्काल पहल गर्ने आस्वासन दिनु भएको क्षेत्रिय संयोजक जोशीले बताउनु भयो । यो भेटबाट प्रधानमन्त्रिको भनाईले कुटनीतिक पहल गर्ने र त्यसबाट नविकरणको लागि पहल हुने भएकोले टिपिएस नविकरणको संभावना बढेको आईसिसि सल्लाहकार भण्डारीले दावी गर्नु भयो ।

यस अघि परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागीसंगको भेटका क्रममा अमेरिकामा रहेका नेपालीहरुका लागि टिपिएस नविकरणका लागि पहल गर्न आग्रह गर्दा परराष्ट्र मन्त्रालय अनुदार देखिएको थियो । यदि प्रधानमन्त्रि ओलीले कुटनीतिक पहल गरेको खण्डमा अमेरिकामा पनि राजदुत कार्कीले आफ्नो कुटनीतिक हैसियतमा नविकरणको पहल गरिरहेकोले नविकरणको संभावना बढेको छ ।
प्रधानमनित्रसंगका भेटका क्रममा टेक्सासमा वाणिज्य दुतावासको खोल्नका लागि पहल गर्न र दोहोरो नागरिकताको लागि छलफल भएको थियो ।