१३ बैशाख २०८१, बिहीबार
Follow Us

केन्द्रको हस्तक्षेप पछि जापान कांग्रेसको निर्वाचन रद्ध

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७३, सोमबार १५:२४

लन्डन । चर्को विवादका बीच आइतवार सम्पन्न नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन सम्बन्धि सबै प्रकृया रद्ध भएका छन् ।

सदस्यता स्थानान्तरणको विषयलाई लिएर विवादले चरम उत्क्रर्षमा पुगे पछि नेपाल कांग्रेस केन्द्रीय कार्यालयले सोमवार एक पत्र मार्फत सबै चुनावी प्रकृया रोक्न निर्देशन दिएको हो । यसअघि पार्टी कार्यालयबाट सदस्यता स्थानान्तरण सम्बन्धि निर्दैशनलाई समेत निर्वाचन समितिले वेवास्था गर्दै एक पक्षिय रुपमा चुनावी प्रकृया पठाए पछि पार्टी ठाडो हस्तक्षेप गर्दै निर्वाचन स्थगनको जानकारी पार्टी कार्यालयमा दिनु भन्ने उर्दी जारी गरेको छ ।

अध्यक्षका प्रत्यासी रोसन केसी समूहको बहिस्कारका वीच आईतवार जापानका पाँच स्थानमा विरोध तथा मतपत्र च्यातेका कारण स्थगित भएको निर्वाचन प्रक्रिया धरापमा परेको थियो ।
कान्तो लगायतका चार स्थानमा मात्र शान्तिपूर्ण निर्वाचन भएपछि बाँकी पाँच स्थानमा निर्वाचन हुन सकेको थिएन् । यसै बीच निर्वाचन समितिका संयोजक महेश कुमार श्रेष्ठले आफ्नो फेसबुक टाइमलाइन मार्फत पार्टीको निर्देशन बमोजिम निर्वाचनका सबै कार्यक्रम तत्तकालका लागि स्थगित भएको पुष्टि गरेका छन् ।