६ बैशाख २०८१, बिहीबार
Follow Us

गायिका जलजला परियारको उपचारमा सहयोग

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७४, आईतवार १९:१५

दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररगत गायिका जलजला परियारलाई एनआरएनए इजराइलका सदस्य राजकुमार महतको पहलमा विभिन्नदातावाट संकलित नगद १लाख शनिवार काठमान्डौँको गोदावरीमा आयोजित बनभोज कार्यक्रम मार्फत एनआरएनए आयरल्यान्डका पुर्व अध्यक्ष तथा बर्तमान पर्यटन दुत गणेश प्रसाईं ले जलजला परियार को बुवा लाइ हस्तान्तरण गर्नुभएको छ ।
वहाँको बुवाको अनुसार जलजलालाई उपचारको लागि चाडैं ईन्डिया लाने पहल पनि गरिएकोे छ । जलजलाका बुवाले आफनो छोरीको जिवन बचाउनको लागी विशेष पहल गर्नुभएका सहयोगी म हरु प्रति भावुक हुदैँ हार्दिक आभार व्यक्त गर्नुभयो ।

‘नेपाली तारा’ सिजन–३ की प्रतियोगीसमेत रहेकी जलजलालाई सहयोग गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गायिका जलजला परियार बचाउ अभियान’ चलाइएको छ । अर्घाखाँचीकी जलजलालाई सहयोग गर्न विभिन्न संघसंस्था तथा व्यक्तिहरू सक्रिय भएर लागेका छन्। यसअघि गायिका अन्जु पन्त, गायक स्वरूपराज आचार्य, गायिका मिलन अमात्य, जुना प्रसाई प्राश्ना शाक्यजस्ता गायकगायिकाले विभिन्न माध्यम बाट आर्थिक सहयोग गरेका थिए ।