६ बैशाख २०८१, बिहीबार
Follow Us

बुद्ध फाउण्डेसनको नवनियुक्त सल्लाहकारहरुको स्वागत

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७४, आईतवार २१:१२

लण्डन । बुद्ध फाउण्डेसन यूकेले आफ्ना नवनियुक्त सल्लाहकारहरुलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । आइतबार लण्डनको ब्लयाकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सल्लाहकारहरु र कार्यसमितिबीच परिचय कार्यक्रमका साथै सल्लाहकारको सम्मान गरिएको हो ।

फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथी एनआरएन यूके उपाध्यक्ष ललित न्यौपानेले सल्लाहकारहरुलाई खादा तथा प्रमाणपत्रसहित स्वागत गरेका थिए ।

त्यस अवसरमा फाउण्डेसनमा सल्लाहकार मनोनित भएका डा बच्चुकैलाश कैनी, राजन कंडेल, फडिन्द भट्टराई, विनोद ज्ञवाली, राजेश पाठक, नारायण गुरुङ, लामा धर्म गुरुङ, सहदेव गिरी लगायतको उपस्थिति थियो ।

महासचिव अर्जुन कटुवालले संचालन गरेको कार्यक्रमका सहभागीहरुलाई फाउण्डेसनका उपाध्यक्ष हरिश ज्ञवालीले स्वागत मन्तव्य दिएका थिए । अर्का उपाध्यक्ष सचिन श्रेष्ठले एक पावर पोइन्ट प्रिजेन्टेसनमार्फत फाउण्डेसनले सन २०१७ मा स्थापना भएयता गरेका कार्यहरुबारे अपडेट गराएका थिए । कोषाध्यक्ष राजन खकुरेलले संस्थाको आयव्ययका साथै कपिलवस्तुको बुद्ध बृद्धाश्रम निर्माणका लागि आयोजित च्यारिटीमा उठेको कोषबारे विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सल्लाहकारहरुको तर्फबाट शुभकामना मन्तव्य राख्दै डा बच्चुकैलाश कैनीले फाउण्डेसनको लक्ष्यअनुसार अघि बढ्ने अभियानमा सबै सल्लाहकारहरुको साथ, सहयोग रहने प्रतिबद्धता गरे ।

कार्यक्रमका प्रमुख अतिथी तथा एनआरएन यूके उपाध्यक्ष ललित न्यौपानेले फाउण्डेसनले गरिरहेका कार्यहरुको प्रशंसा गर्दै एनआरएन यूके पनि फाउण्डेसनसंग सहकार्य गर्दै अघि बढन तयार रहेको धारणा राखे ।

फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठले सबैको शुभेच्छा र सहयोगका कारण फाउण्डेसन स्थापनाको छोटो समयमै यो स्थानसम्म आइपुग्न सफल भएको भन्दै खुशी व्यक्त गरे । फाउण्डेसनको लक्ष्य र समुदायको अपेक्षाअनुसार आफनो अभियानलाई अघि बढाउन फाउण्डेसन प्रतिबद्ध रहेको उनले बताए ।

कार्यक्रमको दोसो चरणमा सल्लाहकार तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरुबीच अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो । त्यस क्रममा आउंदो मे ५ मा लण्डनको टाफल्गर स्क्वायरमा फाउण्डेसनले आयोजना गर्न लागेको बुद्धजयन्ती कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रमका संयोजक सुर्य गुरुङले पावरपोइन्ट प्रिजेन्टेसनमार्फत कार्यक्रमको लागि भइरहेको तयारीबारे जानकारी गराए । सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरुले कार्यक्रमका सम्बन्धमा आफना सल्लाह, सुझावहरु दिएका थिए ।

कार्यक्रममा सुरेन रुपाखेती, धनराज मल्ल, ह्यारी गुरुङ, महेन्दविक्रम कुंवर, जिवन सेन, अभि महर्जन, निरञ्जन खडका, सिम्मी पुन लगायतका फाउण्डेसनका पदाधिकारी तथा सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।