१५ चैत्र २०८०, बिहीबार
Follow Us

बम आक्रमणबाट खुट्टा गुमाएकी कटुवाललाई २ लाख सहयोग

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७४, आईतवार २१:४४

बेल्जियम — नेपाली जनसम्पर्क समिति बेल्जियमले बम आक्रमणमा घाइते भएकी नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य मीरा कटुवाललाई आर्थिक सहयोग प्रदान गरेको छ ।

जनसम्पर्क समिति बेल्जियमका प्रतिनिधि उल्का घिमिरे, राजेन्द्र पौडेल र बिजय मल्ललगायतले संस्थाले संकलन गरेको दुई लाख रुपैयाँ सहयोग बिहीबार एक कार्यक्रमबीच नेत्री कटुवाललाई हस्तान्तरण गरेका हुन् । त्यसक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा नवनिर्वाचित राष्ट्रियसभा सदस्य सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य गुरुराज घिमिरेलगायतको उपस्थिति थियो ।

प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावी अभियानका क्रममा अज्ञात समूहको बम प्रहारका कारण कटुवालले देब्रे खुट्टा गुमाएकी थिइन् ।