६ बैशाख २०८१, बिहीबार
Follow Us

अर्थका कर्मचारी हुलका हुल विदेश भ्रमणमा,

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७४, आईतवार २१:४७

काठमाडौँ — संघीयताबारे अध्ययन गर्न भन्दै अर्थ मन्त्रालयले राज्यकोषबाट लाखौं खर्च गरी हुलका हुल कर्मचारीलाई विदेश भ्रमणमा पठाएको पाइएको छ ।

संघीय प्रणाली अवलम्बन गरेका देशको आर्थिक प्रणाली अध्ययनका लागि भन्दै मन्त्रालयले कर्मचारी र अधिकारीहरुलाई विदेश भ्रमण गराउँदै आएको हो।

मन्त्रालय स्रोतकाअनुसार हाल २ टोली अस्ट्रेलिया र एक टोली बेल्जियम र स्वीडेन भ्रमण छ। २ वटा टोली अस्ट्रेलियाको एक साता लामो भ्रमण सकेर फर्केको छ। बहाल छँदै अस्ट्रेलिया गएका पूर्व अर्थराज्यमन्त्री उदयशम्सेर राणा ६ सदस्यीय टोलीसहित ४ फागुनमा स्वदेश फर्केका थिए।

९ जनाको अर्को टोली गत मंगलबार अस्ट्रेलियकाबाटै फर्केको छ। पुस तेस्रो साता ९ जनाको टोली ब्राजिल र अर्जेन्टिना पुगेर स्वदेश फर्केको थियो। मन्त्रालयको रेकर्डअनुसार १३ जनाको २ टोली अस्ट्रेलिया भ्रमणमा छ। ८ जनाको एउटा टोली बेल्जियम र स्वीडेन भ्रमणमा छ। आउँदो १५ दिनभित्र २१ जना भारत र १२ जना अमेरिका जाने तयारीमा छन्।