१५ चैत्र २०८०, बिहीबार
Follow Us

सपथको फोन कुरेर बस्ने नेताहरु को–को ?

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०७४, सोमबार ०५:४१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन गरेको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको छ । पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दोश्रो चरणमा आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । प्रधानमन्त्री ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा लागे पनि दुवै पार्टीले अहिलेसम्म मन्त्री छनोट लगभग भइसकेका छन् । लालबाबु पण्डित र थपमाया थापालाई पहिलो चरणमै मन्त्री बनाइयो ।

दोस्रो चरणमा मन्त्रीका आकांक्षीमा महासचिव ईश्वर पोखरेल, सचिवद्वय प्रदीप ज्ञवाली र योगेश भट्टराई, भानुभक्त ढकाल, पे्रम आले, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, शेरबहादुर तामाङ, यज्ञबहादुर सुनवारमध्येबाट मन्त्री बनाइने भएको छ । सत्ता साझेदार माओवादीबाट रामबहादुर थापा बादलले नेतृत्व गर्ने हुनुभएको छ । उनलाई गृहमन्त्री बनाइने भएको छ ।

त्यस्तै वर्षामान पुन, गिरिजराजमणि पोखरेल, मातृका यादव, बिना मगर, शक्ति बस्नेत पनि मन्त्री बन्ने छन् । उनीहरुलाई कुन मन्त्रालय दिने भन्ने कुरा सपथ लिनुभन्दा केही समय अघि मात्र थाहा हुनेछ । संयुक्त बैठकले मन्त्रीको नाम टुंगो लगाउने र त्यसपछि दिउँसो ३ बजे मन्त्रीहरुले शपथ लिने एमाले–माओवादीका नेताहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहालसँग हिजो साँझ प्रधानमन्त्री निवासमा झन्डै एक घण्टा एक्लै भेट गरी सरकार विस्तारका विषयमा छलफल गर्नु भएको थियो ।