१३ बैशाख २०८१, बिहीबार
Follow Us

जनसम्पर्क समिति क्यानाडाको सभापतिमा पौडेल सर्वसम्मत

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७३, मंगलवार ०७:४२

लन्डन । नेपाली जनसम्पर्क समिति क्यानाडाको सभापतिमा तुल्सी पौडेल सर्वसम्मत भएका छन् । शनिवार त्यहाँ सम्पन्न एक भेलाले पौडेललाई अर्को कार्यकालका लागि सभापति चयन गरेको हो । नयाँ कार्यसमितिको उपसभापति सुरज पाण्डे, महामन्त्री दिपक सापकोटा, कोषाध्यक्ष विद्याभूषण कार्की,
सहमहामन्त्री विनय न्यौपाने, सदस्यहरु ऋषि तिवारी, अम्बिका ज्ञवाली , सुर्य सापकोटा , ऋषिकेश घिमिरे, रामबाबु थापा अन्जु बिष्ट , दिपेन्द्र पौडेल, लक्ष्मण पाण्डे , कमला शर्मा , जगन्नाथ रेग्मी , सुदिप खनाल, विवेक पाण्डे , नविन न्यौपाने , बुद्धिराज शर्मा चयन भए । गत जुलाई महिनामा स्थगित भएको जनसम्पर्क समितिको उक्त भेलामा बोल्दै सभापति पौडेलले सबै पक्षको सुझाव र सल्लाहालाई आत्मसाथ गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।