१५ चैत्र २०८०, बिहीबार
Follow Us

अपुरो मन्त्रिमण्डल विस्तार, सन्तुलन मिलाउन प्रधानमन्त्रीलाई दबाब

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०७४, सोमबार १२:१६

काठमाडौं । एमालेले र माओवादीका २–२ मन्त्री थपेर प्रधानमन्त्री केपी शर्मा ओलीले अपुरो मन्त्रिमण्डल विस्तार गरेका छन् । पार्टीका शीर्ष नेतालाई भाग पु-याउन नसक्दा मन्त्रिमण्डल विस्तार अपुरो भएको बताइन्छ । प्रधानमन्त्री ओलीले झलनाथ खनाल र माधवकुमार नेपाल मात्र होइन, जातीयता र क्षेत्रीयता समेत सन्तुलन गर्नुपर्ने भएकाले मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको बताइन्छ । यता, माओवादीमा पनि दोस्रो तहका नेतालाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने कुरो टुगोमा पुग्न नसकेकाले २ जना मन्त्रीले मात्र सपथ लिएका छन् ।

आजको मन्त्रिपरिषद विस्तारसँगै मन्त्रिपरिषद सात सदस्यी बनेको छ । एमालेका लालबाबु पण्डित र थममाया थापाले प्रधानमन्त्रीसँगै सपथ लिएका थिए । पछिल्लो पटक सरकारले गरेको निर्णय अनुसार १८ वटा मन्त्रालय रहनेछन् । अब सरकारले पूर्णता पाउँन ११ जना मन्त्री थप्नु पर्ने हुन्छ ।

पूर्वगर्भनर डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । आजको मन्त्रिपरिषद् विस्तारसँगै नेकपा माओवादी केन्द्र पनि सरकारमा सहभागि भएको छ । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति बिद्यादेवि भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रियसभा सदस्य मनोनित भएको केहि दिनमै पूर्व गर्भनर डा. युवराज खतिवडा अर्थमन्त्री बन्नु भएको हो ।

नेकपा एमालेबाट महासचिव ईश्वर पोखरेल पनि मन्त्री बन्नु भएको छ । पोखरेल उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी पाउनु भएको छ । औपचारिक रुपमा सरकारमा सहभागी भएको माओवादीले पहिलो चरणमा दुई मन्त्री सरकारमा पठाएको छ । एमालेसँगको भागबण्डा अनुसार सात मन्त्रालय पाएको माओवादीले गृहमन्त्रीको रुपमा रामबहादुर थापा र उद्योग बाणिज्य मन्त्रीको रुपमा मात्रिका यादव सरकारमा पठाएको छ ।