१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली जनसम्पर्क समिति अमेरिका विघटन

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०७४, मंगलवार १४:०५

काठमाडौं । स्थापनाकालदेखि विवादमा रहँदै आएको नेपाली जनसम्पर्क समिति अमेरिका विघटन भएको छ । अमेरिकाको वर्तमान कार्यसमितिको म्याद २०१७ को नोभेम्वर २२ देखि समाप्त भएको भएको थियो । कांग्रेसले उक्त समिति भंग गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

तीन वर्षअघि टेक्सासमा सम्पन्न भएको एकताको अधिवेशनपछि तदर्थ रुपमा चलिरहेको समितिले निर्वाचित कार्यसमिति पाएको थियो । उक्त अधिवेशन पछि मत्थर हुने भन्ने ठानिएको समितिको विवाद झन् चुलिएर गएको बताइन्छ ।  भूकम्पपिडीतको नाममा उठाइएको चन्दा सभापति आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्बाङ्गले एक-अर्कालाई अपचलन गरेको सार्वजनिक रुपमा आरोप प्रत्यारोप लगाएपछि समितिको विवादले सबैभन्दा नराम्रो रुप लिएको थियो ।