१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तपाईको यो साता

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७३, मंगलवार ०७:५९

नेपालब्रिटेन डट कमले तपाईको यो साता अन्तर्गत साप्ताहिक रुपमा राशीफल प्रकाशन गर्ने भएको छ । यो स्थम्ब परिक्षणका रुपमा रहेको पठाकवर्गहरुमा जानकारी गराइन्छ ।

मेष राशि –  साताको सुरुमा राज्य पक्षले दुःख दिनेछ, नसोचेको ठाउँमा खर्च बढाउने छ, व्यर्थ भ्रमण हुनुका साथै चोटपटकको सम्भावना रहेकोछ । विवादमा फसिने मानसिक तनाव तथा पेट दुख्नेछ । शुक्रवारबाट आर्थिक लाभ हुनुका साथै व्यपार व्यवसायमा लाभ हुनेछ । पराक्रम बढ्ने,मानसम्मान मिल्नेछ ।

वृषराशि- साताको सुरुमा मानसम्मान मिल्ने छ, लाभकारी भ्रमण हुनेछ, नयाँ वस्तुहरु जोडिनेछ । पराक्रम बढने छ, सजिलै काममा सफलता पाउनुका साथै आम्दानी पनि बढ्नेछ मंगलबारबाट खर्च बढ्नेछ,सरकारी काममा हानि तथा बाध्यतामा परेर सम्झौता गर्नु पर्ने छ । व्यर्थ भ्रमण हुनुका साथै चोटपटकको सम्भावना रहेकोछ । शुक्रवारबाट काममा सफलता मिल्ने छ ।

मिथुनराशि – साताको सुरुमा व्यपार व्यवसायबाट हानी हुने देखिन्छ । स्वास्थ्य सम्वन्धि समस्याले सताउने छ, विवाद बढ्नुका साथै झै झमेलामा फसिने छ । मंगलबारबाट काममा सफलता मिल्ने छ । ठूला मान्छेसँग गरिने काममा सजिलै सफलता पाउनुका साथै आम्दानी पनि बढ्ने छ । पराक्रम बढने छ,,पुराना तथा नयाँ साथीहरुसँग रमाइलो भेटभाट हुनेछ ।

कर्कटराशि -साताको सुरु आर्थिक लाभ हुनेछ । मानसम्मान मिल्नेछ । पारिवारिक मिलन हुनेछ । नयाँ–नयाँ साथीहरु भेटिनुका साथै मनोरञ्जनमा सरिक भइने छ । शुक्रवारबाट विदाद बढ्नाले बनिसकेको काम पनि बिग्रने छ । व्यर्थ भ्रमण हुनेछ । काममा वाधाव्यवधान आउने छ, स्वस्थ्य पनि कमजोर रहने छ ।

सिंहराशि-  साताको सुरुमा नेतृत्व गर्ने अवसर मिल्नेछ । आर्थिक अवस्थामा सुधार हुनेछ, व्यपार व्यवसायमा मनग्य लाभ हुने देखिन्छ । नयाँ– नयाँ कामको थालनी हुनेछ । मंगलबारबाट स्वास्थ्यमा वाधा हुनुका साथै अचानक खर्च बढ्ने, विवादमा फसिने व्यर्थ भ्रमण हुने छ । चोटपटक पनि लाग्न सक्नेछ। बिहीवारबाट सबै कुरा म सुधार हुने छ

कन्या राशि – साताको सुरुमा मानसिक चिन्ता पर्ने व्यर्थ भ्रमण गराउने छ । विद्या क्षेत्र कमजोर रहनेछ । रोग बृद्धि हुने तथा आर्थिक अभाव हुनेछ । पारिवारिक झमेलामा फसिनेछ । शुक्रबारबाट आर्थिक अवस्थामा सुधार हुनेछ, व्यपार व्यवसायमा मनग्य लाभ हुने देखिन्छ । गरेको काममा सफलता मिल्नुका साथै मानसम्मान मिल्ने छ ।

तुलाराशि-  साताको सुरुमा मानसिक अशान्ति,काममा वाधाव्यवधान आउने छ,स्वस्थ्य कमजोर रहने छ भने मानसम्मानमा पनि आधात पर्नुका साथै आर्थिक अवस्था केही कमजोर रहने छ । पेट तथा चिसोको समस्याले सताउने छ । अध्ययन अध्यापनमा सफलता नमिल्ने तथा वादविवाद बढ्ने छ । बुधवारबाट पारिवारिक सुख मिल्ने,आर्थिक लाभहुने तथा व्यापार व्यवसायबाट आम्दानी पनि हुनेछ । गरेको काममा पनि सफलता मिल्नुका साथै मानसम्मान बढ्ने छ । शत्रूहरुपराजय हुनेछन् ।

वृश्चिक राशि- साताको सुरुमा मान सम्मान मिल्ने छ । पराक्रम बढने छ , सजिलै काममा सफलता पाउनुका साथै आम्दानी पनि बढ्ने छ । शुक्रवारबाट मानसिक अशान्ति,काममा वाधाव्यवधान आउने छ,स्वस्थ्य कमजोर रहने छ भने अध्यनअध्यापनमा मनलाग्ने छैन । मानसम्मानमा पनि आधात पर्नुका साथै आर्थिक अवस्था पनि केही कमजोर रहने छ ।

धनुराशि –  साताको सुरु मानसिक चिन्ता बढ्ने काममा ढिलासुस्ती आँखा तथा दाँतको समस्याले सताउने छ,साथै गरेका महत्वपूर्ण काम बिग्रनाले मनमा नैराश्यता छाउने छ , आर्थिक अभाब हुनेछ । मंगलवार बाट केही सुधार हुँदै जाने र शुक्रवारबाट धनागमन हुनुका साथै मानसम्मान मिल्ने देखिन्छ । पराक्रम बढ्नेछ । शत्रूहरुलाई समेत जितिने छ ।

मकर राशि- साताको सुरुमा पारिवारिक मिलन गराउनेछ । नयाँ–नयाँ साथीहरु भेटिनुका साथै मनोरञ्जनमा सरिक भइने छ । सातौ भावमा बसेको सूर्यले यो महिना भरी पत्नी पीडा गराउनेछ, शरीरमा जलन हुनेछ शुक्रबारबाट काममा वाधाव्यवधान आउने छ, स्वस्थ्य कमजोर रहने छ भने मानसम्मानमा पनि आधात पर्नुका साथै खर्च बढ्नाले आर्थिक अवस्था केही कमजोर रहने छ ।

कुम्भराशि-  साताको सुरुमा बोलीको प्रभाव कम रहनेछ ।स्वास्थमा गडबडी आाउनेछ । नसोचेका ठाउँमा खर्च बढ्नेछ । भ्रमण हुनेछ । नैराश्य भावना बढ्नेछ । बुधवारबाट सजिलै काममा सफलता पाउनुका साथै आम्दानी पनि बढ्ने छ । मान सम्मान पाइनेछ । बोलिको प्रभाव पर्नुका साथै अरुबाट सजिलै काम लिन सकिने छ ।

मीन राशि – साताको सुरुमा पराक्रम बढने छ, सजिलै काममा सफलता पाउनुका साथै मानसम्मान मिल्ने तथा आर्थिक लाभ राम्रो हुने देखिन्छ । मंगलवारबाट खर्च बढ्ने,सरकारी काममा हानि तथा बाध्यतामा परेर सम्झौता गर्नु पर्ने छ । झमेलामा फस्नु पर्नेछ कुरा काट्नेले सताउने छन् । शुक्रबारबाट नयाँ–नयाँ साथीहरु भेटिनुका साथै मनोरञ्जनमा सरिक भइने छ । मान सम्मान मिल्नेछ ।

– सुरेन्द्र आचार्य Viber: +9779846284890 Skype: s_acharya10