७ बैशाख २०८१, शुक्रबार
Follow Us

यसरी खेल्दैछन् डण्डीबियो

sarusaru
१६ फाल्गुन २०७४, बुधबार ०४:०४

चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ को प्रदर्शन मिति तय भएको छ । अब यो फिल्म वर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।

प्रदर्शन मितिसँगै निर्माण टिमले फिल्मको दुई नयाँ पोष्टर समेत सार्वजनिक गरेको छ । पोष्टरमा खगेन्द्रको हातमा डण्डीबियो देख्न सकिन्छ । उनले फिल्ममा एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् ।

फिल्ममा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारहरुको अभिनय छ । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई फिल्ममा उतारिएको छ ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको यो फिल्मको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँमा भएको हो ।

छेतेन गुरुङको निर्देशन रहेको ‘डमरुको डण्डीबियो’ को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको फिल्मलाई हरी हुमागाइँले खिचेका हुन् ।
– फिल्मी खबरबाट ।