१३ बैशाख २०८१, बिहीबार
Follow Us

रुखबाट लडेर महिलाको मृत्यु

sarusaru
१६ फाल्गुन २०७४, बुधबार ०५:५४

इलाम । इलाममा अरिङ्गालको गोला झार्ने क्रममा लडेर एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । इलाम माईजोगमाई गाउँपालिका–४ बस्ने दिलमाया राईको गएराति रूखबाट लडेर मृत्यु भएको हो ।

अरिङ्गालको गोला झार्नका लागि खिर्राको रूखमा चढेकी राई अरिङ्गालले टोकी सोही रूखबाट झर्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । ३० वर्षीय दिलमाया राईसँगै निजको छोरा र अन्य छिमेकीसहित चारजना अरिङ्गालको गोला झार्न जंगलमा गएको बताइएको छ ।

प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ ।
– रासस