१४ बैशाख २०८१, शुक्रबार
Follow Us

युएइमा नयाँ शक्तिको अन्तर्क्रिया

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७३, मंगलवार ०८:०५


अबुधावी-रोजगारीका लागि युएइमा रहेका नेपालीहरुले नयाँ शक्ति अभियानलाई तिब्रता दिएका छन्। नयाँ शक्तिका समर्थन युवाहरुले अवुधवीमा एक भेला गरी अन्तर्क्रिया कार्यक्रम गरेका छन्।

दुबई,सारजाह लगायत अबुधावीबाट ठूलो संख्यामा उपस्थित अभियन्ताहरुलाइ बिशेष अतिथि नेपाली समाज युएइका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले सकारात्मक सोचबाट देशलाइ समृद्धि बनाउने अभियानमा लागेका अभियन्ताहरुलाइ सफलताको शुभकामना दिए।

कार्यक्रममा नयाँ शक्ति नेपाल, अबुधावी क्षेत्रिय समिति उप संयोजक शंकर बरालले राज्यबाट आदिवासी,जनजाती र दलितहरुलाइ केवल भोट बैककोरुपमा मात्र प्रयोग गरिएको,देशको कुलग्राहस्थ उत्पादन क्रमिकरुपमा घट्दै गएर सन्२०१५ सम्ममा जिरो दशमलव सतहत्तर प्रतिशत पुगेको कहाली लाग्दोअबस्थाको तथ्य प्रस्तुतगरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नयाँ शक्ति नेपाल युएइका संयोजक उत्तम अधिकारीले अवको निकास आर्थिक समृद्धि र विकास भएको बताए।

यसै गरि कार्यक्रममा क्षेत्रिय उप संयोजक जनक श्रेष्ठले पद र पैसाको पछि नलागी देश र जनताको हितमा काम गर्दै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको व्यवस्थाको पक्षमा लाग्नु पर्ने बताए। दुबई केन्द्रमा तथा प्रदेश प्रादेशिक बिभागमा क्रियासिल अभियन्ताहरु सुरेश ढकाल,प्रतिक्षा कार्की,सरोज खड्का,रेणु ढकाल, शंकर सुनार, राजन श्रेष्ठ,मुन्ना सामसुल हक,दामोदर गिरि,ध्रुब भट्ट,हिरा बि.क अतिथिको रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा दुबई केन्द्रिय सदस्य ज्ञानेन्द्र अमगाईले सन्देश मुलक कविता र सांस्कृतिक विभागका सुर्य मुखियाले गीतबाट कार्यक्रममा रोचकता थपेका थिए।