६ बैशाख २०८१, बिहीबार
Follow Us

ट्रक दुर्घटनामा चालकको मृत्यु

sarusaru
१७ फाल्गुन २०७४, बिहीबार ०२:२०

धादिङ । धादिङको थाक्रे गाँउपालिका वडा नम्बर १ गैरीगाउँ भन्ने स्थानमा सोमबार राति मिनी ट्रक दुर्घटना हुँदा ट्रक चालकको मृत्यु भएको छ । दुर्घटनामा ट्रकमा सवार ३ जना घाइते भएक छन् ।
पृथ्वीराजमार्गको सिम्लेबाट सामान लिएर ग्रामीण सडक हुँदै थाक्रे जाँदै गरेको बा १ ख ९८४२ नम्बरको आइचर ट्रक सोमबार राति साढे ११ बजे तिर गैरीगाउँमा पुगेपछि सडकबाट अन्दाजी ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटनामा ट्रक चालक धादिङ थाक्रे गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय दलबहादुर तामाङको सोही ट्रकले च्यापिएर घटनास्थलमै ज्यान गएको अस्थाई प्रहरी पोष्ट सिम्लेले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका टीकाराम तामाङ, राजेश तामाङ र कमल तामाङलाई भने तत्काल उद्धार गरी उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको थियो । घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।