८ बैशाख २०८१, शनिबार
Follow Us

लागूऔषधसहित दुईजना पक्राउ

sarusaru
१७ फाल्गुन २०७४, बिहीबार ०२:३९

धनगढी / रास– कैलालीको धनगढीमा लागूऔषधसहित दुई भारतीय पक्राउ परेका छन् । प्रदेश ७ को प्रदेश प्रहरी कार्यालय दीपायलमातहतको क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) सुदूरपश्चिमबाट खटिएको प्रहरी टोलीले मंगलबार ३५ ग्राम लागूऔषध ब्राउन सुगरसहित भारत उत्तर प्रदेश लखिमपुर खिरी बस्ने अन्दाजी ३० वर्षीय सागर चौधरी र सोही ठाउँ बस्ने ३५ वर्षीय धर्मसिंह रानालाई पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरीधाम परिसरबाट पक्राउ गरेको क्षेत्रीय प्रहरी प्रमुख एआईजी माधव नेपालले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरूले भारतबाट सो लागूऔषध खरिद गरी ल्याई नेपालका विभिन्न सहरमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले बताए । पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।
– राजधानी दैनिकबाट ।