१२ बैशाख २०८१, बुधबार
Follow Us

एमाले-माओवादीको फोरमसँग सहमति गर्ने प्रयास असफल

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०७४, बिहीबार ०७:५७

काठमाडौं । एमाले-माओवादी र संघीय समाजवादी फोरमको वार्ता विना निष्कर्ष टुंगिएको छ । बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेको एक नेताले बताए । फोरमले तीन वटा मन्त्रालय मागेको छ । ‘हामीले सुरुमा एक मन्त्री र एक राज्यमन्त्री भनेका हौं । दुई वटासम्म दिन सकिन्छ’, वार्तामा सहभागी एक नेताले भने । मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भएको छ ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवाली र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेताहरु राजेन्द्र श्रेष्ठ, रामसहाय यादवको उपस्थिति रहेको थियो ।