११ बैशाख २०८१, मंगलवार
Follow Us

काँग्रेस सभापति देउवाद्वारा होलीको शुभकामना

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०७४, बिहीबार १३:४९

काठमाडौं । नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवाले पहाड र तराईमा खेलिने होली पर्वका अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा धार्मिक र सांस्कृतिक होली पर्वले अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने भएकाले नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको उल्लेख छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम् सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटातर्फ लैजान सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।