१६ चैत्र २०८०, शुक्रबार
Follow Us

होली खेलिरहेका बेला छुरा प्रहार,

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०७४, शुक्रबार ०४:३४

काठमाडौं । कैलालीमा होली खेल्ने क्रममा छूरा प्रहार हुँदा एक युवाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ मा मध्यरातमा होली खेलिरहेका बेला नचिनिएका मान्छेको छुरा प्रहारबाट टीकापुर नगरपालिका–२ का २२ वर्षीय करण थापाको मृत्यु भएको हो । छुरी प्रहारबाट घाइते थापालाई उपचारको लागि टीकापुर अस्पताल पुर्याइएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले छूरा प्रहारबाट घाइते थापाको उपचारका क्रममा मृत्यु भएको पुष्टि गर्नु भएको छ ।
प्रहरीले घटनामा संलग्न भएको शंकामा ९ जनालाई नियन्त्रणमा लिएको छ ।