१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तराईमा आज होली मनाइँदै

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०७४, शुक्रबार ०४:३७

काठमाडौं । नेपालको तराई क्षेत्रमा आज होली मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व हिमाली र पहाडी जिल्लामा हिजै मनाईको छ । तराईमा पूर्णिमाको भोलिपल्ट मनाउने चलन अनुसार आज मनाइँदै छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
जनकपुरमा मिथिला माध्यमिकी परिक्रमाका यात्रीले एक आपसमा रंङ अबीर खेलेर वसन्त उत्सव मनाउने गर्दछन् ।
फागु पूर्णिमाका दिन राति होलिका दहन सकेर भोलिपल्ट रंङ अबीर खेल्दै मिष्टान्न भोजन गरेपछि समापन गरिने होली पर्व मिथिला क्षेत्रको मुख्य पर्व मान्छि । सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लामा बिदा दिएको छ ।