१३ बैशाख २०८१, बिहीबार
Follow Us

फोरमसँग वाम गठबन्धनको वार्ता

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७४, आईतवार ०४:५७

काठमाडौं । वाम गठबन्धन र संघीय समाजवादी फोरमका शीर्ष नेताहरुबीच आज वार्ता हुँदैछ । वार्ता, प्रधानमन्त्री निवास बालुवाटारमा हुने नेताहरुले बताएका छन् ।
संविधान संशोधनको विषयमा सहमति भएपनि मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको छैन । फोरमले तीन मन्त्रालय सहित प्रतिनिधिसभाको उपसभामुखको माग गर्दै आएको छ । तर वाम गठबन्धनले भने २ मन्त्रालय सहित उपसभामुख दिएर मनाउने रणनीति अपनाएको छ ।
दुई मन्त्रालयमा फोरम सहमत नभए मन्त्रालयको संख्या बढाएर भएपनि सहमित जुटाउने प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको स्रोतले जनाएको छ । आजको बैठकबाट सहमित जुटे मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी प्रधानमन्त्री ओलीको छ ।