१५ बैशाख २०८१, शनिबार
Follow Us

कार्यसूचि बनाउन आजै पाँच दलको संयुक्त बैठक

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७४, आईतवार ०५:०२

काठमाडौं । संघीय संसद अधिवेशनको कार्यसूचि बनाउन संसद सचिवालयले अहिले केही बेरपछि संसदमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग छलफल गर्दै छ । कार्य सञ्चालन नियमावली नबनुञ्जेलका लागि अन्तरिम कार्यविधि पारित गर्नुपर्ने भएकाले सचिवालयले त्यसको मस्यौदा तयार पारेर छलफल गर्न लागेको हो ।
मस्यौदालगायत अन्य कार्यसूचीबारे दलसँग छलफलपछि संसद बैठकको कार्यसूची बन्नेछ । पाँच दलको संयुक्त बैठकमा सभामुख, राष्ट्रियसभाको अध्यक्ष चयनको प्रक्रियाका बारेमा समेत छलफल हुनेछ ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्ष फरक दल र फरक लिङ्गको व्यक्ति हुनुपर्ने प्रावधान छ ।
दुई दलको समर्थनमा प्रधानमन्त्रीको नियुक्ति भएकाले नियुक्तिको ३० दिनभित्र अर्थात् आगामी चैत ३ गतेभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि सचिवालयले आवश्यक तयारी गरेको संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताउनु भएको छ ।