७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘फरार’ नवराज सिलवाल माधव नेपालको गाडीमा, सुटुक्क छिरे संसद भवन

sarusaru
२० फाल्गुन २०७४, आईतवार १०:५०

काठमाडौं। प्रहरीको फरार सूचीमा रहेका ललितपुरका निर्वाचित प्रतिनिधिसभा सांसद नवराज सिलवाल सुटुक्क संसद भवन छिरेका छन् । उनी संसदको पहिलो अधिवेशनमा सहभागी हुन संसद भवन आएका हुन् ।

सिलवाल एमाले बरिष्ठ नेता माधवकुमार नेपालको गाडीमा आएका थिए । नेपालको गाडीमा संसद भवन परिसर छिरेका सिलवाल दायाँबायाँ नहेरी सिधै संसद भवन छिरेका हुन् । उनी प्रहरीको खोजी सूचीमा रहेका कारण सतर्कता अपनाएको मानिएको छ । यद्यपि उनीविरुद्ध जारी गरिएको पक्राउ पुर्जीको एमालेले विरोध गर्दै आएको छ । उनी एमालेबाटै सांसद भएका हुन् र अहिले एमालेकै नेतृत्वको सरकार छ ।
– डिसी नेपालबाट ।