१६ चैत्र २०८०, शुक्रबार
Follow Us

तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाद्वारा आर्थिक सहयोग

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७४, आईतवार १३:४३

काठमाडौं । तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्निया, अमेरिकाले ब्रेन स्ट्रोक तथा मिर्गौला पीडितलाई तीन जनालाई आर्थिक सहयोग गरेको छ । सोसाइटीले ब्रेन स्ट्रोकबाट पीडित चलचित्र निर्देशक दिलबहादुर दोङलाई एक लाख १० हजार रुपैयाँ, मिर्गौला रोगीद्वय उमेश दोङलाई एक लाख र दुर्ग दोङलाई ३९ हजार रुपैयाँ सहयोग गरेको हो । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले र सोसाइटीका उपाध्यक्ष प्रेम थोकरले आइतबार घेदुङ केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।
सोसाइटीका उपाध्यक्ष थोकरले संस्थाको स्थापनासँगै नेपालमा विभिन्न रोगबाट पीडितको उपचार तथा अन्य विभिन्न सामाजिक कार्यका लागि आर्थिक सहयोग गर्दै आएको जानकारी दिए । संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न सहयोगीबाट संकलन गरिएको रकमबाट पीडितको उपचारमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
घेदुङका अध्यक्ष गोलेले सहयोगका लागि सोसाइटीलाई धन्यवाद दिए । आर्थिक अभावका कारण उपचार गराउन नसकेका उदाहरण प्रस्तुत गर्दै उनले विपद् व्यवस्थापन कोष स्थापनाका लागि पहल भइरहेको बताए ।