१५ बैशाख २०८१, शनिबार
Follow Us

४५ लाख धरौटीमा छुटे चुडामणि

sarusaru
२१ फाल्गुन २०७४, सोमबार ०४:३१

काठमाडौं । अकूत सम्पत्तिको मुद्दा लागेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ४५ लाख धरौटीमा छुटेका छन् ।

४ करोड २९ लाखको बिगो दाबी गर्दै अख्तियारले हालेको अकुत सम्पत्तिको मुद्दामा विशेष अदालत, काठमाडौंले ४५ लाख धरौटी मागेको थियो । इन्भेस्टमेन्ट बैंक ग्यारेन्टीमा धरौटी बुझाएर शर्मा छुटेका छन् ।

मुद्दाको पेसी २२ गतेलाई तोकिएको छ ।

४ करोड २९ लाख ५४ हजार १ सय २४ सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै अख्तियारले १५ माघमा शर्माविरुद्ध विशेष अदालतमा मुद्दा हालेको थियो ।

शर्माविरुद्ध कर फछ्र्यौट आयोगले गरेको फैसलाबारे पनि मुद्दा विचाराधीन छ ।
– अनलाइन खबरबाट ।