७ बैशाख २०८१, शुक्रबार
Follow Us

बलेवा बिमानस्थलको भाडादर निर्धारण गर्ने सहमति

sarusaru
२१ फाल्गुन २०७४, सोमबार १०:४८

सरु पौडेल – बाग्लुङको बलेवा बिमानस्थलको भाडादर निर्धारण गरी सञ्चालन गर्ने सहमति भएको छ । सोमबार नागरिक उड्यन प्राधिकरणको कार्यालय बबरमहलमा उड्ययनका कर्मचारी , स्थानीय जनप्रतिनिधि र वायु सेवा निगमका पदाधिकारीको बैठकले यस्तो सहमति गरेको हो । उक्त भाडादर एक साताभित्रै निर्धारण गर्ने सहमति भएको छ । साथै विमानस्थलको सञ्चालन आगामी चैत्रको पहिलो हप्ताबाटै हुने भएको छ । बाँकी निर्णय आगामी आइतबार बस्ने बैठकले गर्ने नेपाली काङ्ग्रेसका पूर्व सांसद प्रकाश शर्मा पौडेल तथा बाग्लुङ क्षेत्र नं १ का सांसद सुर्य पाठकले संयुक्त रुपमा जानकारी दिनुभयो ।