११ बैशाख २०८१, मंगलवार
Follow Us

लाप्रापमा भुकम्प पिडितले पाए घर

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७४, मंगलवार ०२:२०

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पुनर्निर्माण कार्यमा स्थानीयको सहयोग र निर्माणाधीन आवासमा अपनत्व जगाउन गोरखाको लाप्राकमा निर्माणाधीन बस्तीका भूकम्पपीडितहरुलाई चिट्ठामार्फत घर छुट्याई दिएको छ । एनआरएनएसँग एक वर्षअघि घर निर्माणसम्बन्धी सम्झौता गरेका भुकम्पपीडित परिवारलाई चिट्ठामार्फत आ–आफनो घर छुट्याइ निर्माणमा सहयोग गर्न आग्रह गरिएको हो । सम्झौतामा घरको जगमा केही सामाग्री उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

घरको स्वामित्व छुट्याउन गोरखाको लाप्राक पुगेका एनआरएनए अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली दिवसको अवसरका औपचारिक हस्तान्तरण गर्ने लक्ष्य राखेर निर्माणमा उत्साह थप्न घरधनीलाई स्वामित्व हस्तान्तरण प्रकृया थालिएको बताए ।
“अहिले घर आधिकारिक रूपमा हस्तान्तरण गरेको भन्दा पनि पुनर्निर्माणमा भूकम्पपीडितको आफ्नोपन होस् भनेर छुट्याइएको हो,” अध्यक्ष भट्टले भने, “पुनर्निर्माणमा आफ्नो घरमा लाभग्राहीको थप सहयोग हुने अपेक्षा गरेका छौं ।”

निर्माणाधीन ५ सय ७३ वटा घर निर्माण सम्पन्न हुने बित्तिकै हस्तान्तरण गर्ने गरी हाललाई छुट्याइएको हो । आफ्नो निमार्णधिन भवन र लाप्राक नमुना बस्ती मेरो पहिलो प्राथमिकता हो र त्यसका लागि हामी दिन रात नभनी हामी यसमा खटेका छौ ,यसपछि अन्य थुप्रै योजना अगाडि बढेका छन , भट्टले बताए ।
एनआरएनए महिला उपाध्यक्ष सपिला राजभण्डारीले अक्टोबरमा रहेको एनआरएनए डेका अवसरमा लाभग्राहीलाई हस्तान्तरण गर्ने गरी निर्माण समाप्त गर्ने गरी अहिले धमाधम काम भइरहेको बताइन ।

एनआरएनएले पुनर्निर्माणका लागि काठ सहयोग गरी दिन लाभग्राहीसँग सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार आफूले पाउने घरप्रति अपनत्व होस् र पुनर्निर्माणमा सहयोग पुगोस् भनेर अहिले नै घर हस्तान्तरण गरिएको हो । हाल निर्माण गरिएका घर क्लस्टरअनुसार छुट्याइएको छ । नमुना बस्तीमा ए देखि पी सम्मका क्लस्टर छन् । हरेक क्लस्टरमा फरक–फरक खालमा घर छन् ।
चिट्ठा प्रक्रिया निष्पक्ष होस् भनेर गाउँपालिका, नेपाली सेना र एनआरएनएले छनोट भएका घर र सेवाग्राहीको नाम राख्ने व्यवस्था मिलाइएको छ । तीन वटा निकायले नाम राखेका र अनुगमन गरेको कारण पनि निष्पक्ष रुपमा बाडफाँंड हुने एनआरएनएको भनाइ छ ।

नागरिकता, भूकम्प पीडित कार्ड र सम्पर्क ठेनागा लिएपछि निर्माण सम्पन्नपछि मात्र आधिकारिक रुपमा हस्तान्तरण गर्ने योजना बनाइएको छ । संघले लाप्राक नमुना बस्ती गुरुयोजना, घरको डिजाइन र लागतबारे समेत यसअघि नै स्थानीयवासीलाई जानकारी गराइसकेको छ । नेपाल सरकारले बनाएको मापदण्डअनुसार तयार पारिएका यी घर भूकम्प प्रतिरोधी र स्थानीय परम्परा झल्किने खालका रहेका छन् । यस अभियानमा स्थानीय, एनआरएनए र नेपाली सेनाको निरन्तर सहयोग रहँदै आएको छ ।