१३ बैशाख २०८१, बिहीबार
Follow Us

अग्नी पीडितलाई आचार्य पत्नीको आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७४, मंगलवार ०२:२३

लन्डन । पर्वत जलजला घर भई हाल बेलायत बस्ने पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्यकी धर्मपत्नि राधिकाले अग्नी पीडितलाई आर्थिक सहयोग गरेकी छन् ।

आचार्य पत्नीले जलजला गाउंपालिका धाइरिङ निवासी अग्नी पीडित गम्भीरबहादुर नेपाली र सोही गाउं पर्वतको जलजला गाउंपालिका ७ धाइरिङका आगलागी पीडित इन्द्रमणि सुवेदीको परिवारलाई कुल ६० हजार रुपैयां प्रदान गरेकी हुन् । रकम हस्तान्तरणका क्रममा जलजला गाविस वडा नं ७ का वडा अध्यक्ष टुङगनाथ आचार्यको उपस्थिति थियो ।

आर्थिक अवस्था कमजोर भएका सुवेदी र नेपालीको परिवारलाई बेलायत बस्ने धाइरिङवासी राजेन्द्र आचार्य, भाई ध्रुव आचार्य र नारायण आचार्यले पनि केही रकम सहयोग गरेका थिए ।

आगलागीबाट नेपालीको घर जलेर पूर्ण रुपमा ध्वस्त हुनुका साथै खाद्यान्न, लत्ता कपडा र भांडाकुडा सबै जलेर नष्ट भएको माओवादी केन्द्र धाइरिङका अध्यक्ष हरिप्रसाद आचार्यले बताए ।

पीडित नेपालीको परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । आगलागीबाट सुवेदीको करिब २५ लाख रुपैयां र नेपालीको करिव ६ लाख रुपैयां बराबरको क्षति भएको अनुमान छ ।