१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सडक सुरक्षामा एनआरएनले सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७४, मंगलवार ०२:५९

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सडक सुरक्षाका विषयमा सरकारसँग मिलेर काम गर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघबीच सडक सुरक्षासम्बन्धी ज्ञान र सीपलाई आदानप्रदान गर्नेसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा आज हस्ताक्षर भएको हो।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र संघका अध्यक्ष भवन भट्टबीच हस्ताक्षर भएको हो। संघले विदेशमा सिकेको सडक सुरक्षासम्बन्धी ज्ञानलाई नेपालका सडक सुरक्षामा प्रयोग गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको संघले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संघले सडक सुरक्षा बढाउन एक प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछ। संघले यसअघि नेपाल इञ्जिनियर्स एसोसिएसनसँग पनि सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ। सडक सुरक्षामा ध्यान नदिँदा वर्षेनी सयौँ नागरिकको ज्यान जाने गरेकाले त्यसमा विशेष ध्यान दिइएको संघले जनाएको छ।रासस