June 4, 2020
4:43 AM | 9:28 AM

संघीय समाजवादी फोरम सरकारमा जाने

  6th March 2018 मा प्रकाशित

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले सरकारमा जाने निर्णय गरेको छ । फोरमको आज बसेको पदाधिकारी बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । संविधान संशोधन गर्न वाम गठबन्धन सहमत भएको भन्दै बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
फोरमका नेताहरुले आजै वाम गठबन्धनसँग सहमति गर्ने बताएका छन् । सरकारमा सहभागिताका विषयमा वामगठबन्धन र फोरमबीच यसअघि पनि पटकपटक वार्ता भएका थिए । तर मन्त्रालय भागबण्डा नमिलेका कारण सहमतिको प्रयास सार्थक हुन सकेको थिएन ।
वाम गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ भने फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी गरेको छ ।

प्रतिक्रिया