२९ बैशाख २०८१, शनिबार
Follow Us

देउवासँग किन भेट गरेनन पाकिस्तानी प्रधानमन्त्री अब्बासीले

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०७४, मंगलवार ०९:२७

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी दुई दिने नेपाल भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्केका छन् । काठमाडौंमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरे । तर अब्बासीले चार पटक प्रधानमन्त्री भइसकेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरेनन् । संसदीय लोकतन्त्रमा प्रमुख प्रतिपक्षी दलको नेता राज्यकै अंग हो । सरकार प्रमुखको भ्रमणमा प्रमुख प्रतिपक्षी दलका नेतासँगको भेट नराखिनूलाई अर्थपूर्ण रुपमा लिइएको छ।
औपचारिक भेटवार्ता तालिकामा नराखेपछि सोमबार साँझ प्रधानमन्त्री ओलीले पाकिस्तानी प्रधानमन्त्री अब्बासीको सम्मानमा आयोजना गरेको रात्री भोजमा पनि देउवा अनुपस्थित रहे । काँग्रेस पार्टीको तर्फबाट रात्रीभोजमा विजयकुमार गच्छदार सहभागी भएका थिए । निम्तालु डा बाबुराम भट्टराई पनि रात्रीभोजमा अनुपस्थित रहे ।