१५ चैत्र २०८०, बिहीबार
Follow Us

विद्यादेवी भण्डारीलाई नै राष्ट्रपति बनाउने एमाले निर्णय

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७४, बुधबार ०४:३७

काठमाडौं । राष्ट्रपतिका लागि प्रमुख सत्तारुढ दल एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहो-याउने निर्णय गरेको छ ।
राष्ट्रपतिका लागि पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी अध्यक्ष झलनाथ खनालले दाबी गर्नु भएपनि ठूलो रस्साकस्सीकाबीच स्थायी कमिटी बैठकले मध्यरातमा भण्डारीलाई नै दोहो-याउने निर्णय गरेको हो ।
२०७२ कात्तिक ११ गते गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनु भएकी भण्डारीले अब फेरि ५ वर्ष कार्यभार सम्हाल्नु हुनेछ । पहिलो महिला राष्ट्रपति बन्नु भएकी भण्डारीलाई संघीय नेपालको पनि पहिलो राष्ट्रपति बन्ने अवसर समेत आएको छ । राष्ट्रपतिको चुनावमा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुले मतदान गर्नेछन् ।