१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७४, बुधबार ०४:४१

काठमाडौं । राष्ट्रपति चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । फागुन २९ गते हुने निर्वाचनका लागि अहिले विहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । मतदाताको अन्तिम नामावली अस्ति नै सार्वजनिक गरिएको छ । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० मतदाता रहेकामा ४ जनाको नाम मतदाता सूचीमा छैन ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको सपथ नभएकाले उहाँहरुको नाम मतदाता नमावलीमा परेको छैन । सर्वाेच्चको अन्तरिम आदेशले उहाँहरुको सपथ रोकिएको हो ।

यस्तै, मनाङका प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्चले ज्यान मार्ने उद्योगको सजाय सुनाएकाले कानुनतः निलम्बित छन् । प्रतिनिधिसभा सदस्य रेशम चौधरीको नाम मतदाता सूचीमा भए पनि पुर्पक्षका लागि थुनामा रहेकाले मतदान गर्न नपाउने बताइएको छ ।