११ बैशाख २०८१, मंगलवार
Follow Us

घरमा आगलागी हुँदा दलित परिवारको विचल्ली

sarusaru
२३ फाल्गुन २०७४, बुधबार ०५:४१

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१६ भेडियारीमा भएको आगलागीमा एउटा घर नष्ट भएको छ । स्थानीय रामाशिष मल्लिकको घरमा आगलागी भएको हो ।

आगलागीबाट फुसको घरमा बस्दै आएका ५ वटा डोम परिवारको विचल्ली भएको छ । रामाशिषसँगै नागेन्द्र, राजेश्वर, छोटेलाल, र मोतिलाल मल्लिक परिवारको विचल्ली भएको स्थानीय बासिन्दाले जनाएका छन् ।

बुधबार बिहान २ बजेबाट शुरु भएको आगलागीबाट घर जल्दा ५ दलित परिवारका ३० जना सदस्यको विचल्ली भएको हो । आगलागीमा परी घरमा रहेको नगद, गरगहना, लत्ता कपडा लगायत अन्य सम्पूर्ण समान नष्ट भएको छ ।

२ बजेबाट सुरु भएको आगलागी वीरगञ्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पौने ५ बजेतिर नियन्त्रणमा आएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले आगलागीमा ८ लाख मुल्य बराबरको क्षति भएको अनुमान गरिएको बताए ।

आगलागीबाट पीडित परिवारको विचल्ली भएको सामाजिक कार्यकर्ता प्रकाश थारुले जानकारी दिए ।

‘आगलागीमा परेर सबै भाडा वर्तन जलेको छ, पानी पिउनका लागि जग समेत छैन­’ उनले भने ‘गुरु नानक सेवा प्रतिष्ठान नेपालको सहयोगमा ३० जनाका लागि बिहानका खानाको व्यवस्था गरिएको छ ।
– अनलाइन खबरबाट ।