६ बैशाख २०८१, बिहीबार
Follow Us

म्याग्दीमा ‘आमासंग प्रहरी’ कार्यक्रम

sarusaru
२३ फाल्गुन २०७४, बुधबार ०५:४६

जिल्लामा पहिलोपटक ‘आमासँग प्रहरी’ कार्यक्रम सुरू भएको छ । सामाजिक बिकृति, बिसङ्गती, दुब्र्यसनीमुक्त यूवापुस्ता, महिला हिंसामुक्त समाज, अपराधिक न्युनीकरण गरी सुरक्षित समाज निर्माणका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले सुरक्षित समाजका लागि महिलाको भूमिका विषयक प्रहरीका लागि आमा कार्यक्रम सञ्चालन गरेको हो । गैरसरकारी संस्था सिविन नेपाल म्याग्दी र संगम म्याग्दीको समन्वयमा म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरबाट सुरू गरिएको अभियानमा ग्रामिण क्षेत्रमा महिलाको सक्रियतामा स्थापना भएका संघसंस्थासंग सहकार्य गरी कानुनले बर्जित गरेका घटनालाई न्यूनिकरण गदैं अपराधमुक्त समाजको निर्माण गर्न नयाँ खालको कार्यक्रम ल्याइएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताईन् । ‘समाजमा जागरण ल्याउन महिलाको भूमिका महत्वपूर्ण हुन्छ ।
सामाजिक बिकृतिको पहिचान गरी त्यसको न्युनीकरण गर्ने अगुवाई समेत महिलाले गर्न सक्छन्’ खड्काले भनिन् । उनले घरायसी कामसंगै सामाजिक गतिविधिमा समेत महिलाको सक्रियता हुने भएकाले पनि आमा कार्यक्रममार्फत प्रहरीसंगको सम्बन्धलाई थप बलियो बनाउने प्रयास भएको बताईन् । ‘आमासँग प्रहरी’ कार्यक्रम मार्फत विपद् व्यवस्थापन, शान्ति सु–व्यवस्था र आपत्कालीन परिस्थितिलाई अनुकुलित अवस्थामा ल्याउन तथा जिल्लामा क्रियाशिल रहेका आमा समूहहरुसँग सञ्जाल निर्माण गरी सामाजिक सुरक्षा, अपराध नियन्त्रण र रोकथाम, समाजमा घटेका अपराधिक घटनाहरुको अनुसन्धान गरी अपराधीलाई सजायँ र पीडितलाई न्याय दिलाउन सहज हुने उनले बताईन् ।
कार्यक्रम अन्तर्गत पहिलो चरणमा सञ्चालित कार्यक्रम मार्फत आमा समूहसँग अन्तत्र्रिmया र छलफल गरी समूहमा आबद्ध अगुवा महिलाको अभिलेख संकलन गरी सञ्जाल निर्माण गरिने छ । जिल्लामा महिलाको जनसंख्या धेरै रहेले पनि भौगोलिक हिसाबले विकट गाउँगाउँसम्म घटना घटेमा प्रहरी समयमै पुग्ने सक्ने अवस्था नभएको हुँदा ग्रामीण क्षेत्रमा आमा समूह तथा सञ्जालबाट अपराध नियन्त्रण गरिने लक्ष्य समेत राखिएको बताइएको थियो । पहिलो चरणमा बेनी नगरपालिकाका विभिन्न वडामा कार्यक्रम सञ्चालन गरिने र त्यसपछि गाउँपालिका स्तरमा लगिने संगम म्याग्दीले जनाएको छ । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले महिलालाई कानुनका बारेमा जानकारी गराउँदै गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताईन् । अभियान अन्र्तरगत दोस्रो चरणमा युवा लक्षित तथा विद्यालय तहमा कार्यक्रम सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।