८ बैशाख २०८१, शनिबार
Follow Us

साहित्यकार इन्द्रबहादुर राईको निधन

sarusaru
२३ फाल्गुन २०७४, बुधबार ०६:१०

सरु पौडेल , काठमाण्डौ – नेपाली साहित्यका महान् हस्ती इन्द्र बहादुर राईको गए राती निधन भएको छ । ९० वर्षको उमेरमा आज आफ्नै निवासमा उहाँले ईहलोक त्याग्नु भएको हो ।

भारतको दार्जिलिङमा जन्मनु भएका राईले नेपाली भाषा वाङ्मयको श्रीवृद्धिमा ठुलो योगदान गर्नुभएको थियो ।
साहित्यकार राईको केही वर्ष अघि देखि स्वास्थ्यमा समस्या आएको थियो । गत वर्ष उहाँ उपचारका लागि काठमाण्डौ समेत आउनुभएको थियो ।

साहित्यमा आयामेली आन्दोलनका सर्जक तथा लीला लेखनका अगुवा राई नेपाली वाङ्मयका मुर्धन्य साहित्यकारमा गनिनु हुन्छ । ‘विपना कतिपय’ , ‘आज रमिता छ’ र ‘कठपुतलीको मन’ उहाँको प्रकाशित अमर कृतिहरु हुन् ।

नेपाली भाषालाई भारतीय संविधानमा राष्ट्रभाषाको दर्जा दिलाउने भाषिक अधिकार आन्दोलनमा पनि राईको योगदान रहेको छ