१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७४, बुधबार १०:५३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संसदको सपथ नै नखाइकन प्रधामन्त्रीको सपथ गरेको भन्दै उनीविरुद्ध कानुन व्यवसायी यज्ञमणि न्यौपानेले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । मुद्दाको पेसी पर्सी शुक्रबारका लागि तोकिएको छ । अधिवक्ता न्यौपानेले दायर गरेको रिटमा संसदको सपथ नगरेसम्म प्रधनमन्त्री हुन नपाउने व्यवस्था रहेको जिकिर गरेका छन् । प्रधानमन्त्री ओलीको सपथ संविधानको धारा ९३, ७६ ९२० र ८८ विपरीत भएको भन्दै उत्प्रेषणको आधारमा ओलीको नियुक्ति वदर गरी पुनः प्रक्रियामा लगि प्रधानमन्त्रीको निर्वाचन गराउन रिटमा माग गरिएको छ । एमालेका अध्यक्ष समेत रहेका ओली गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।