७ बैशाख २०८१, शुक्रबार
Follow Us

ट्रम्पले आप्रवासीसम्बन्धी कडा कानुन ल्याउने

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७३, मंगलवार १५:४३

एकरोन । रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पले गैरकानुनीरुपमा अमेरिकी भूमिका बसोबास गर्दै आएका अनुमानित एक करोड १० लाख आप्रवासीका विषयमा ‘न्यायपूर्ण तर कडा धारणा’ ल्याउने बताउनुभएको छ ।

ट्रम्पले यसअघि दिँदै आएका अभिव्यक्तिबाट पछि हट्दै आप्रवासीका विषयमा केही नरम धारणा प्रस्तुत गर्दै आफू अमेरिकी राष्ट्रपतिमा विजय भएमा उनीहरुको सम्बन्धमा ‘न्यायपूर्ण तर कडा काननु ल्याउने’ अभिव्यक्ति सोमबार आएको हो ।

रिपब्लिकन नेता ट्रम्पले यसअघि गैरकानुनी रुपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीलाई सामूहिक रुपमै सम्बन्धित देशमा फर्काउने भनी कडा अभिव्यक्ति दिँदै आउनुभएको थियो । उहाँको यो नाराले उहाँलाई रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिन पाउने आवस्थासम्म पु-याएको समेत बताइन्छ । तर अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिकिँदै जाँदा आप्रवासीहरुप्रति नरम धारणा राख्ने अमेरिकी नागरिकको मन जित्ने कूटनीतिक प्रयास ट्रम्पले थालेकोे विश्लेषकहरुको बुझाइ रहेको पनि अमेरिकी सञ्चारमाध्यमले बताएका छन् ।

ट्रम्पले शनिबार हिस्पासिक अगुवासँगको छलफलका क्रममा आफू अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका आप्रवासीहरु जसले आपराधिक गतिविधि गरेका छैनन् र कुनै न कुनै रुपमा अमेरिकी कानुनलाई स्वीकार गर्दै कानुनी आधार प्राप्त गरेका छन्, लाई अमेरिकामा बसोबास गर्न दिने विषयमा विचार गर्नसकिने धारणा सार्वजनिक गर्नुभएको थियो ।

छलफलमा सहभागी हिस्पसिक इजरायली नेतृत्व गठबन्धनका अध्यक्ष पास्चर मारियो ब्राम्निकले भन्नुभयो, “मैले बुझे अनुसार अमेरिकामा गैरकानुनीरुपमा बसोबास गर्दै आए पनि कुनै अनैतिक एवम् आपराधिक गतिविधिमा संलग्न नभएका विदेशीलाई कानुनी रुपमा अमेरिकामा बस्न दिइने रिपब्लिकन राष्ट्रपतिका उम्मेदवार ट्रम्पको धारणा हो ।”

ट्रम्पले सोमबार अमेरिकी सञ्चारमाध्यम ‘फक्स एन्ड फ्रेन्डस’लाई दिएको अन्तर्वार्तामा हिस्पानिक समुदायका धेरै अगुवासँग छलफल गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताउनुभएको थियो ।

अन्तर्वार्तामा ट्रम्पले आफूले कानुनलाई पालन गर्न र गराउन चाहेको ब्राम्निकले जनाउनुभयो ।

आप्रबासी बिषयमा कट्टर धारका जेफ सेसनले शनिबार अमेरिकी टेलिभिजन सिएनबिसीसँग रिपब्लिक नेता ट्रम्पले गैरकानूनी रुपमै अमेरिकामा बसोबास गर्दै आएका सम्पूर्ण एक करोड १० लाख विदेशीलाई फिर्ता पठाउने नभनेको तर आपराधिक धरातलमा अमेरिकी भूमीलाई प्रयोग गर्दै आएका मानिस विरुद्ध अभियान चलाउने बताउनुभएको दावी गर्नुभयो ।

हिस्पानिक समुदायका व्यापारी र धार्मिक नेताले ट्रम्प समावेशी बनेको हेर्न चाहेकाले छलफल चलाएको भन्दै छिट्टै धारणा सार्वजनिक गर्ने बताउनुभयो ।