११ बैशाख २०८१, मंगलवार
Follow Us

एमाले वेलायतले मनायो नारी दिवस

sarusaru
२४ फाल्गुन २०७४, बिहीबार ०१:२१

लण्डन । नेकपा एमाले निकट प्रवासी मञ्च बेलायतले पनि नारी दिवस एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।

मञ्चको महिला विभागले मंगलबार सांझ लण्डनको नर्थ ह्यारोमा नारी दिवस विशेष कार्यक्रम आयोजना गरेको हो ।

मञ्चकी उपाध्यक्ष तथा महिला विभाग प्रमख सरस्वति केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिलाहरुको अवस्था र उनीहरुको अधिकारका विषयमा अन्तरक्रिया गरिएको थियो ।

महिलाहरुले पाउनुपर्ने अधिकार र अवसर प्राप्तिका लागि महिलाहरुको तर्फबाट थप संघर्ष र प्रयास हुनुपर्ने धारणा सहभागीले राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथकिो रुपमा मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी उपस्थित थिए भने अन्य अतिथीहरुमा लायन्स क्लब नेपालकी राधा पौडेल, मञ्चका महासचिव विजयविक्रम लिंगदेन, मञ्चका कार्यसमिति सदस्यहरु वसन्त नेपाल, कृष्ण तिवारी लगायत थिए ।

कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य विमला सेनेले गरेकी थिइन् । कार्यक्रममा केहि सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।