१५ चैत्र २०८०, बिहीबार
Follow Us

अल्डरसटमा मनायो नारी दिवस

sarusaru
२४ फाल्गुन २०७४, बिहीबार ०१:३१

लण्डन । एसिएन महिला एसोसिएसन (आमा) ले हरेक वर्षजस्तै यसवर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । आमाले गत आइतबार अल्डरसटमा विविध कार्यक्रमका साथ १ सय ८ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको हो ।

संस्थाकी अध्यक्ष अमिता बेल्वासे र प्रमुख अतिथी रश्मोर बरो काउन्सिलकी मेयरिस अतिका चौधरीले दीप प्रज्वलन गरी संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव कल्पना गुरुङले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष विभा गुरुङले राखेकी थिइन् ।

कार्यक्रममा उपस्थित महिलाहरुमाझ घरेलु हिंसाको बिषयमा कम्युनिटी सेफ्टी अफिसर क्यारन इभानले करिब डेढ घण्टाको प्रिजेन्टेसन दिएकी थिइन् । उक्त प्रिजेन्टेसनमा घरेलु हिंसाका विभिन्न रुपहरुकोे चर्चा गर्दै भिडियो समेत देखाइएको थियो ।

कार्यक्रममा अध्यक्ष बेल्वासेले नारीको जीवनस्तर उभो लगाउनको लागि नारि नै जागरुक हुनु पर्ने र यस्ता कार्यक्रम गर्दा पुरुषहरु समेतको सहभागिता हुनुपर्ने धारणा व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा आकर्षक नृत्य प्रस्तुत गर्ने संगीता गैरे, सुमुधुर गीत प्रस्तुत गर्ने गायिका ममता गुरुङ, उपस्थित समस्त अतिथी, हल र खाना प्रदान गर्ने भेटघाट रेस्टुरेन्टका प्रबन्धक शेर सुनार र कार्यक्रम सफल पार्न प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्ने सबै लगायत आफ्नो कार्यसमितिलाई अध्यक्ष बेल्वासेले धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि रशमोर बरो काउन्सिलका मेयरिस अतिका चौधरी, विशेष अतिथि कम्युनिटी सेफ्टी अफिसर क्यारन इभान, एनआरएन आइसीसी सदस्य कुमारी गुरुङ, एनआरएन युके प्रथम महिला शर्मिला फगामी,एनआरएन युकेका उपाध्यक्षद्वय पुनम गुरुङ र सुशिला राई, घरेलु हिंसा वर्कर अलिजा गुरुङ, साइ सेन्टर फार्नबरोका अध्यक्ष सुष्मा गुरुङ, वरिष्ठ समाजसेवी नन्द कुमारी गुरुङ, ग्रेटर रश्मोर नेपाली कम्युनिटीका उपाध्यक्ष रन्जिता मल्ल, महिला संयोजक लिला सेलिङ्ग, प्रवक्ता प्रमिला राई, पुष्पा गुरुङ, नव युवाका पूर्व अध्यक्ष पिसी निलम राई, उपन्यासकार शान्ति लिम्बु, अलिसा गुरुङ, सल्लाहकारहरु, कार्यसमितिका सबै सदस्यहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पेशाकर्मी, बुद्धिजिबिहरुको सहभागिता रहेको संस्थाकी प्रवक्ता रोजिना प्रधान राईले जानकारी दिइन् ।