१३ बैशाख २०८१, बिहीबार
Follow Us

चैत २२ गते पार्टी एकता घोषणासभा

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०७४, बिहीबार ०४:४२

काठमाडौं । एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता घोषणा चैत २२ गते गर्ने तयारी भइरहेको बुझिएको छ । चैत २२ गते कम्युनिष्ट स्थापना दिवस हो । पार्टी स्थापना दिवसकै दिन पार्टी एकता घोषणा गर्ने तयारी भइरहेको कार्यदलका एक नेताले बताए ।

विधान मस्यौदा कार्यदलले भोलि फागुन २५ गतेभित्रै आफ्नो प्रतिवेदन एकता संयोजन समितिलाई बुझाउने भएको छ । प्रतिवेदन मस्यौदा समितिले पनि आफ्नो कामलाई अन्तिम रुप दिएको छ । केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको संगठन कार्यदलले विधान र संगठनका लागि दुई अलगअलग उपसमिति बनाएर चाँडै प्रतिवेदन दिन जिम्मेवारी दिए पनि नेताहरुको व्यस्तताका कारण काम पूरा हुन सकेको छैन ।

संगठन कार्यदलका सदस्य एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार कार्यदलको पछिल्लो बैठकमा आपसी छलफल जारी राखी प्रतिवेदन तयार गर्ने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको फागुन ७ गतेको बैठकले एकताका प्रारम्भिक सात आधारमा केन्द्रित रहेर फागुन १० गते संगठन र वैचारिकसम्बन्धी कार्यदल बनाइएको थियो ।