७ बैशाख २०८१, शुक्रबार
Follow Us

अन्तर्राष्ट्रिय महिला दिवसमा महिला फोरमको प्रभातफेरि

sarusaru
२४ फाल्गुन २०७४, बिहीबार ०७:५६

काठमाण्डौ -१०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैर आवसिय नेपाली संघ (एनआरएनए) आवद्ध महिला फोरमले प्रभात फेरि कार्यक्रम गरेको छ । महिला तथा बालबालिका मन्त्रालयको प्रमुख संयोजकत्वमा आज काठमाण्डौमा आयोजित प्रभात फेरि कार्यक्रममा एनआरएनए आवद्ध महिला फोरमले सहभागिता जनाएको हो । भृकुटीमण्डपबाट शुरु भएको -याली भद्रकाली मन्दिर, शहीद ढोका, न्यूरोड हु“दै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागीले ‘महिला हिंसा अन्त्य गरौ“’, ‘मानव बेचबिखनरहित समाज निर्माण गरौँ र ‘घर शान्ति नै विश्व शान्तिको आधार’ लेखिएका प्लेकार्ड बोकेका थिए । कार्यक्रममा उपस्थित महिला फोरमका सबैले महिलालाई समान पहुँच प्रदान गर्दै संविधान प्रद्धत्त हक अधिकार सुनिश्चित गर्नुपर्ने, महिला सशक्तिकरण,उद्यमशीलता महिला साक्षरता लगायतमा जोड दिनुपर्ने आवश्यकता औल्याएका थिए । कार्यक्रममा महिला संयोजक रजनी प्रधान, आइसीसी सदस्य शान्ति थापा, एनसीसी रसियाका अध्यक्ष रामेश्वर गौतम, ओसेनियाका क्षेत्रिय उप संयोजक प्रीति शर्मा, एनसीसी जर्मनीका महिला उपाध्यक्ष किरण सिग्देल, अमेरिकाका पूर्व आइसीसी सदस्य सुनिता शर्मा, पूर्व मध्यपूर्व क्षेत्रिय उप संयोजक धर्मराज गिरि लगायत विभिन्न मुलुकबाट गैर आवासिय नेपाली संघमा आवद्ध सदस्यहरुको उपस्थिती रहेको थियो ।