१५ बैशाख २०८१, शनिबार
Follow Us

हुनेखाने र पहुँचवालाहरु सुगर जचाउन पनि सिंगापुर जाने ? : मन्त्री पण्डित

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०७४, बिहीबार ०९:०५

भक्तपुर । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले राज्यकोषबाट स्वास्थ्य उपचार गर्ने व्यवस्था खारेज गरिने बताएका छन् । भक्तपुरको बोडेमा सुरु भएको मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपालको चौथो राष्ट्रिय सम्मेलनको बिहीबार उद्घाटन गर्दै मन्त्री पण्डितले उपचारका नाममा हुने गरेको राज्यकोषको दुरुपयोग रोक्ने बताए ।
‘हुनेखाने र पहुँचवालाहरु सुगर जचाउन पनि सिंगापुर जाने’  प्रवृत्ति हटाउन आफू लागिपर्ने मन्त्री पण्डितको भनाइ थियो । उनले नेपाली जनतालाई नेपालमै सहजरुपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकार जोडतोडका साथ लागिरहेको दाबी गरे । मन्त्री पण्डितले स्वास्थ्य क्षेत्रमा सक्रिय व्यक्तिहरुले देशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिए । सम्मेलनमा देशभरिका मेडिकल ल्याबोरेटरीयनहरुको सहभागिता रहेको छ ।