१५ चैत्र २०८०, बिहीबार
Follow Us

विश्व कीर्तिमान कायम गराउन एक हजार ५०० पिन्ट रगत संकलन

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७४, शुक्रबार ०५:१६

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँलगायतका संस्थाले विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले एक हजार ५०० पिन्ट रगत संकलन गरेका छन् ।  एकै दिनमा एकै ठाउँमा आठ घण्टाभित्र रगत संकलन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा विश्व कीर्तिमान कायम गराउन उनीहरुले सो प्रयास गरेका हुन् ।

बिहीबार टुँडिखेलमा गरिएको उक्त रक्तदानमा विभिन्न उमेर समूहका मानिसले स्वेच्छिक रुपमा रक्तदान गरेको आयोजकले जानकारी दिएका छन् ।

लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष अखिल श्रेष्ठले सो रक्तदानलाई विश्व कीर्तिमान कायम गर्न आजदेखि रक्तदानको प्रमाणसहित कार्य अगाडि बढाइने जानकारी दिँदै करिब डेढ महिनाभित्रमा त्यसको प्रमाणपत्र आउने बताउनुभयो । यसअघि भारतमा करिब ९०० पिन्ट रगत संकलन गरिएको भए पनि विश्व कीर्तिमानका लागि दाबी नगरिएको आयोजकले जनाएका छन् ।