७ बैशाख २०८१, शुक्रबार
Follow Us

राधा चौधरीको परिवारद्वारा पीडकविरुद्ध उजुरी

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०७४, आईतवार ०४:४९

काठमाडौं । कैलालीमा बोक्सीको आरोपमा कुटिएकी राधा चौधरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा पीडकविरुद्ध उजुरी दिएका छन् । घोडाघोडी नगरपालिकाकी ती १८ वर्षिया युवतीमाथि भएको कुटपिटमा संलग्न रहेको अभियोगमा रामबहादुर चौधरीलाई प्रहरीले अस्ति नै पक्राउ गरिसकेको छ।

राधा अहिले उपचारका लागि धनगढीमा हुनुुहुन्छ र उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विनोद घिमिरेका अनुसार उक्त घटनामा आजबाट कानुनी कारबाही अगाडि बढ्नेछ । यसअघि इलाका प्रहरी कार्यालय सुख्खडले यो घटनामा उजुरी दर्ता गर्न नमानेको बताइएको छ ।

युवतीलाई लगातार पाँच घण्टासम्म कुटपिट र लछारपछार गरिएको थियो । तर स्थानीय बासिन्दाले ’रमिते’ बनेर बसेको पीडित परिवारले बताएका छन् ।