१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एमाले–माओवादी संसदीय दलको संयुक्त बैठक

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०७४, आईतवार ०४:५३

काठमाडौं । पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसद्को प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रमको सन्दर्भमा गठबन्धनका दुवै दलले आफ्नो संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् ।

बैठक दिउँसो साढे १२ बजे बस्ने नेताहरुले बताएका छन् ।  संसदीय दलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।